राष्ट्रिय सभाको पहिलो अधिवेशन राति १२ बजेदेखि सकिने

काठमाण्डौ, २० चैत्र । राष्ट्रिय सभाको पनि पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रियसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । बैठक ७ घण्टा २० मिनेट संसदीय काममा समय खर्चेको छ ।

राष्ट्रिय सभाको अन्तिम बैठकमा प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका विषयमा जानकारी गराएका थिए । उनले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्दैछन् ।