Breaking News

वातावरण र दिगो विकाससम्बन्धी सम्मेलन हुने

ललितपुर, २० चैत्र । ‘हिमालयन ज्ञान सत्सङ्ग भेला: चौथो ग्य्राजुयट वातावरण र दिगो विकास सम्मेलन’ आगामी चैत्र २२ गतेदेखि ललितपुरमा सुरु हुने भएको छ ।

शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै प्रकृति विज्ञान र समाज विषयमा केन्द्रित रही दुई दिने सम्मेलन आयोजना गरिएको जनाएको हो ।

मन्त्रालयको संयोजनमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय वातावरण विभागले आयोजना गरेको सम्मेलनमा दुई सय युवा अनुसन्धानकर्ताहरूको सहभागिता रहने छ ।

सम्मेलनमा ४१ वटा कार्यपत्रहरू पेश हुने र २७ जनाको पोष्टर प्रस्तुति समावेश रहने आयोजकले जनाएको छ । १० सत्रमा विभाजित कार्यक्रममा ८ वटा प्राविधिक र २ वटा पोष्टर सत्र रहन सम्मेलन सचिव अनुष्ठा श्रेष्ठले जानकारी दिइन् ।

विषयगत शिक्षा हासिल गरेपछि विद्यार्थीहरूले आफ्नो अनुभव साटासाट गर्ने माध्यमका लागि सम्मेलनको आयोजना गरिएको बताइएको छ ।

shares