Breaking News

‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’ काे नेपालका विभिन्न सहरमा भव्य स्वागत

काठमाण्डौ २० चैत्र । भारतकाे बिहार राज्यकाे हरिहरनाथबाट चैत्र १ गते सुरु भएकाे  ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’ का विभिन्न टोलीहरु नेपाल अाइपुगेका छन ।

बिहारका विभिन्न स्थानबाट नेपालकाे बिराटनगर, जनकपुर, गाैर र  त्रिवेणीधाम हुदै यात्रका सहभागीहरु अाज साँझसम्म चितवनकाे देवघाटस्थित गोरखपिठमा अाइपुग्ने ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’को शुभारम्भ गरिने आयोजक संस्था धर्म जागरण समन्वय समितिका सहसचिव अनुप सिंहले बताए ।

विभिन्न स्थानहरुमा धर्म जागरण सभाकाे अायोजना गर्दै अाएका सहभागीहरुकाे नेपालका विभिन्न सहरमा भव्य स्वागत भएकाे छ । नेपाल र भारतका धार्मिकस्थलहरुलाई पर्यटन विकासमा जोडने उद्देश्यका साथ विगत पाँच बर्ष देखि ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’ काे अायोजना हुदै अाएकाे छ ।

यात्राकाे नेतृत्व डा. अाशुतोष मिश्राले गर्नु भएकाे छ । भारत तथा नेपालका विभिन्न शक्तिपीठका दजैनौं पीठाधीश, सन्त महन्त, समाजसेवी र सर्वसाधारणको समेत उल्लेखनिय सहभागिता रहेकाे छ।

यात्रामा भारतीय जनता पार्टीका नेता एवं बिहार विधान सभा सदस्य मुन्ना  सिंह लगायत पूर्व सांसदहरु र नेपालबाट व्यवसायी निर्मल दुग्गड, दिलिप धाडेवा, कमलेश गुप्ता लगायकाे सहभागीता रहेकाे छ ।

चार बिभिन्न स्थानबाट छुट्टाछुट्टै टोलीमा नेपाल प्रवेश गरेका यात्राका सहभागीहरु अाज चितवनस्थित देवघाटमा भेट हुनेछन र भोली बिहान देखि एउटै टिम भएर पोखरा पुग्ने छन भने पर्सी मुक्तिनाथ पुग्ने कार्यक्रम रहेकाे छ ।

यात्राका सहभागीहरुलाई पोखरामा बन्दोवस्त र स्वागतका गर्न  विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र सिंह र समाजसेवी ठाकुर बराल सक्रिय रहेका छन ।

 

हरिहरनाथ – मुक्तिनाथकाे चर्चा १८ महापुराणहरुमध्ये ५ वटामा पाईन्छ । हरिहरक्षेत्र धर्म दृष्टिबाट मान्य ७ तिर्थ क्षेत्रहरुमध्ये एक मुक्तिक्षेत्र १०८ दिव्य क्षेत्रहरुमध्ये प्रमुख हो । हिन्दू धर्मको मान्य परम्परा अनुसार चारधामको पुर्णता पनि यस यात्रा पश्चात नै सार्थक हुने मान्यता छ ।

 

shares