मदनकृष्ण पत्नी यशोदाको अन्त्येष्टी अार्यघाटमा

काठमाण्डौ, २० चैत्र । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको मंगलबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

६७ वर्षीया श्रेष्ठ सोमबार राति पौने ११ बजे निधन भएको थियो । विगत ८ वर्षदेखि आन्द्रा र फोक्सोको क्यान्सरपीडित श्रेष्ठको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।

यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिएका छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्न कलाकार तथा आफन्तजन पुगेका थिए । पत्नी गुमाउँदाको पींडा सहन नसकेर मदनकृष्ण धेरै समय रोइरहे । उनलाई हरिवंश आचार्यले सम्हाले प्रयास गरिरहेका थिए ।

श्रेष्ठ दम्पतीका एक छोरा र  छोरी छन् ।