Breaking News

बोक्सीको आरोपमा राधालाई कुटपिट गर्ने ६ जना जेल चलान

कैलाली, २० चैत्र । कैलाली घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीय एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न ६ जनालाई पुर्पक्षका लागि आज कारागार पठाइएको छ ।

घोडाघोडी नगरपालिका ५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि कारागार पठाइएका व्यक्तिहरूमा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।

पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् । -रासस

shares