सरकारले जारी गरेको श्वेतपत्रप्रति कांग्रेसको अापत्ति

काठमाण्डौ, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले देशको अर्थतन्त्र समेटेर ल्याएको श्वेतपत्रप्रति आपत्ति जनाएको छ ।

सरकारले श्वेतपत्रमा प्रस्तुत गरेको आंकडाले त्रासदीपूर्ण देखाएपनि देशको अवस्था त्यस्तो भयाभह नभएको कांग्रेसको दाबी छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका डा‍. मिनेन्द्र रिजालले श्वेतपत्र ल्याउनु स्वभाविक भएपनि स्थिति त्रासदीपूर्ण नभएको दाबी गरे ।

मुलुकको स्थिति अप्ठ्यारो भएपनि मुलुकको स्थिति त्रासदीपूर्ण छ भनेर चित्रण गर्न नहुने भन्दै नेता रिजालले त्यसको निष्पक्ष समीक्षा गर्नुपर्ने धारणा राखे । उनले ढुकुटी रित्तो छ भनेर अतिरञ्जनापूर्ण देखाउन खोजिनु गलत भएको धारणा पनि राखे । त्यस्तै फोरमका सांसद राजेन्द्र श्रेष्ठले पनि श्वेतपत्रका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।