October 19, 2017

दैलेखको डुंगेश्वर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्रबहादुर मल्ल विजय

दैलेख २ जेठ । दैलेखको डुंगेश्वर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्रबहादुर मल्ल विजय भएका छन । मल्ल २ हजार ७ सय ८७ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानवहादुर विष्टले २ हजार ६६९ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै सीता ज्ञवाली २ हजार ६२८ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कलावती न्यौपाने २ हजार ६१८ मत प्राप्त गरिन ।