भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाण्डौ, २० चैत्र । भारतको उत्तराखण्ड राज्यस्थित पवित्रस्थल केदारनाथमा भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

निर्माण सामाग्री बोकेको भारतीय वायुसेनाको एम १७ हेलिकोप्टर गुप्तकाशीबाट केदारनाथ जाने क्रममा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि मानवीय क्षति भने नभएको जनाइएको छ ।

दुर्घटनाको कारण अझै खुलेको छैन। सन् २०१३ को बाढीपहिरोले क्षतिग्रस्त केदारनाथ क्षेत्रमा निर्माणका लागि भारतीय सेनाले सघाउँदै आएको छ । -एजेन्सी