Breaking News

प्रधानमन्त्री ओलीले संघीय संसदमा सम्बोधन गर्दै

काठमाण्डौ, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संघीय संसदमा सम्बोधन गर्दैछन् ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको र आगामी चैत २३ गतेदेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन लागेको समेत प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रचलन अनुसार संसद् अधिवेशन जारी रहेका बेला राज्यको प्रतिनिधित्व गरेर हुने भ्रमणको जानकारी सदनलाई दिइन्छ । प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश स्वीकृतिका लागि पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले संसदमा अन्य कुनै पनि विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधन सकिएपश्चात् संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने जनाइएको छ ।

shares