Breaking News

अबकाे नेपालमा धनी र गरिब काेही हुदैनन् : प्रधानमन्त्री

काठमाण्डौ १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले धनी र गरिबबिचकाे दुरी हटाउनु नै सरकारकाे मुख्य उद्देश्य रहेकाे बताएका छन ।

नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान कार्यक्रममा उनले अबको नेपालमा कोही गरिब र कोही धनी नहुने उल्लेख गर्दै स्वदेशी पूँजी परिचालन र विदेशी लगानी आकर्षित गरी स्वदेशमा युवालाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले उत्पादनमा वृद्धि मात्र नभई समुचित वितरण नै आफूहरूको समाजवाद उन्मुख सिद्धान्त रहेको उल्लेख गर्दै एमाले र माओवादीबिच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताए ।

प्रधानमन्त्री अाेलीले माओवादीसँगको पार्टी एकता र आफ्नो भारत भ्रमणबीच कुनै सम्बन्ध नरहेको बताउदै आफ्नो भारत भ्रमणअघि वा पछि पार्टी एकता हुने भन्ने विषयलाई विवादित बनाउन नहुने धारणा राखे ।

कार्यक्रममा यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५० हजार ५ सय ५५ रहेको छ ।

जननेता मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ लाई विभिन्न लेखमार्फत उजागर गरेका कोइराला पूर्व सांसद र पूर्व राजदूत हुन ।

shares