Breaking News

सुर्ती तथा पेट्रालियम पदार्थ बरामद

झापा, १८ चैत्र । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले सुर्ती तथा पेट्रालियम पदार्थ बरामद गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले भद्रपुर, ज्यामिरगढी र पाठामारीमा उक्त सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले कचनकवल गाउँपालिकास्थित पाठामारी नाकाबाट १ सय लिटर डिजेल, ६० लिटर पेट्रोल भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको जनाइएको छ ।

त्यस्तै मेचीनगर नगरपालिकास्थित ज्यामिरगढी नाकाबाट भारतबाट नेपालतर्फ भन्सार छलेर भित्राइएको फर्निचरमा प्रयोग हुने रंगका ड्रम बरामद गरेको छ । त्यसैगरी भद्रपुर ४ स्थित डागीबारी–आपगाछी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको तीन बोरा सुर्ती, प्याकेजिङ्ग सुर्ती बरामद गरेको सीमा सुरक्षा कार्यालयले जनाएको छ ।

बरामद गरी ७० हजार मुल्य बराबरको सरसामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकभिट्टा बुझाइसकेको जनाइएको छ ।

shares