काठमाण्डौमा इष्टर महोत्सव सम्पन्न

काठमाण्डौ, १८ चैत्र । काठमाण्डौँ उपत्यकामा रहेका इसाई समुदाय चर्चहरूको संयुक्त आयोजनामा पुनरुत्थान इष्टर महोत्सव २०१८ काठमाडौंमा सम्पन्न भएको छ ।

येशू ख्रीष्टको सम्झनामा आजको दिनलाई इष्टर भनिने र इसाई धर्मावलम्बीहरूले विशेष रूपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आइरहेका छन् ।

पुनरुत्थान इष्टर महोत्सव २०१८ मूल आयोजक समितिका अनुसार महोत्सवअघि विभिन्न ठाउँबाट र्याली निकालिएको थियो । काठमाडौंको चावहिल, ज्ञानेश्वर, काटेश्वर, तिनकुने, बानेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट आएको र्याली खुल्लामञ्चमा पुगेर महोत्सवमा परिणत भएको हो ।