Breaking News

राजपाको प्राथमिकता सरकार होइन: नेता झा

रौतहट, १८ चैत्र । राष्ट्रिय जनता पार्टीका नेता अनिल कुमार झाले अहिले राजपाको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा आइतबार सञ्चारकर्मीसंग कुरा गर्दै झाले राजपाको प्राथमिकता संविधान संशोधन मात्र भएको बताएका हुन् । उनले संविधान संशोधन र सरकारमा सम्मानजनक अवस्था भएमात्र राजपा सरकारमा जाने उल्लेख गरे ।

झाले संविधान संशोधनका लागि मात्र सदनमा वामगठबन्धनलाई सहयोग गरेको भन्दै संशोधन प्रक्रिया अघि बढाइनुपर्ने जिकिर पनि गरे । प्रदेश नंबर २ मा गठबन्धनले आफूहरूलाई सहयोग गरेको र आफूहरूले पनि केन्द्रमा वामगठबन्धनलाई सहयोग गरेको उनको भनाइ छ ।

नेता झाले प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको क्रममा नेपालको समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सुझाव पनि दिए ।

shares