Breaking News

विवेकशील साझाको प्रदेश ५ संयोजकमा अनुपमान सैंजु चयन

काठमाण्डौ १८ चैत्र ।  विवेकशील साझा पार्टीले प्रदेश नं ५ को संयोजकमा अनुपमान सैंजुलाई चयन गरेको छ।
बुटवलमा अायोजित कार्यक्रममा सैंजुलाई प्रदेश नम्बर ५ को संयोजकमा चयन गरेकाे हो ।  ४८ वर्षीय सैंजु नेपाल जेसीसका पूर्व राष्ट्रिय अध्यक्ष हुन ।
सैंजुलाई विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापाले प्रदेश न‌ं ५ को संयोजकमा नियुक्त गरेकाे हो ।
कार्यक्रममा सैंजुले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा सहभागि हुन पाएकोमा अत्यन्तै खुसी र उत्साहित भएको बताए।
shares