कांग्रेस नेता खड्काप्रति श्रद्धाञ्जली व्यक्त, अाजै अन्तिम संस्कार गरिने

काठमाण्डौ, १८ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काप्रति नेता कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

खड्कालाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार बिहानैदेखि उनको निवासमा नेता कार्यकर्ताको ठूलो भीड लागेको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशशरण महत, मिनेन्द्र रिजाल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगाएतका नेताहरूले खड्का निवास सानेपा पुगेर श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

गएराति दश बजेर ४५ मिनेट जाँदा पूर्व गृहमन्त्रीसमेत रहेका खड्काको शव जेट विमानमार्फत त्रिभुवन विमानस्थलमा ल्याइएको थियो । चैत १६ गते बेलुका सवा ५ बजेतिर उपचारका क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका ६६ वर्षीय खड्काको शव यात्रासहित पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिने जानकारी कांग्रेस नेताहरूले दिएका छन् ।