Breaking News

झापामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

झापा, १८ चैत्र । महिलामा हुने पाठेघर तथा स्तन क्यान्सर पहिचान गरी समयमै उपचार गर्न सचेतना प्रदान गर्ने उद्देश्यले भद्रपुरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शिविरमा क्यान्सरको जोखिम मानिएको महिलाको पाठेघरको मुखको परीक्षण तथा स्तन परीक्षण गरिएको हो ।

रोटरी क्लब अफ भद्रपुर, रोटरी क्लब अफ यल पाटन, अपाङ्ग संघ झापा र मारवाडी महिला मञ्च भद्रपुरको संयुक्त आयोजना तथा नेशनल क्यान्सर अस्पताल काठमाण्डौंको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ३ सय १० जना महिलाले सेवा लिएका छन् ।

नेशनल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ जितेन्द्र परियारको नेतृत्वमा आएको विशेषज्ञ टोलीले स्वाथ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षणमा आएका महिलाहरुको प्रारम्भिक रिपोर्ट अनुसार रोगको संकामा परेकाहरुलाई थप उपचारका लागि विशेषज्ञ टोलीले सुझाव समेत दिएको जनाइएको छ । परीक्षणको अन्तिम रिपोर्ट ल्याव परीक्षणमा जानु पर्ने अवस्था भएका केही महिलालाई उपचारमा जान सिफारिस गरिएको उल्लेख गरिएको छ । शिविरमा महिलाको पाठेघरको मुखको परीक्षण तथा स्तन परीक्षण गरिएको थियो ।

रोटरी क्लब अफ यल पाटनका पूर्व डिष्ट्रिक गर्भनर दिलेन्द्र श्रेष्ठ, रोटरी भद्रपुरका अध्यक्ष सुरेशकुमार मित्तल, मारवाडी महिला मञ्च भद्रपुरकी अध्यक्ष अर्चना मित्तलको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

shares