भद्रपुरमा पहिलो पटक अत्याधुनिक होटल

झापा, १८ चैत्र । भद्रपुर नगरपालिकामा पहिलो पटक निजी लगानीमा अत्याधुनिक होटल सञ्चालनमा आएको छ ।

युवा व्यवसायी मनोज न्यौपाने लगायत पारिवारिक सदस्यको ६ करोड लगानीमा भद्रपुर १० चन्द्रगढी केन्द्रमोडमा अत्याधुनिक होटल शिवाशं सञ्चालनमा आएको हो । झापाको सदरमुकामसमेत रहेको भद्रपुर नगरमा पार्टी प्यालेस सेवा, सुविधा सम्पन्न पाहुना कोठा, रेष्टुरेन्ट, सेमिनार हलको अभाव अन्त्य गरेर आधुनिक शहरको फड्कोमा भद्रपुरलाई लैजान सक्ने होटल बनाएको प्रबन्ध निर्देशक मनोज न्यौपानेले जानकारी दिए ।

सञ्चालक न्यौपानेले देश कै पुरानो नगरको अस्तित्व बनाएको भद्रपुरमा आइपुग्ने पर्यटकले रात बिताउन अर्कै शहर धाउनु पर्ने बाध्यता सधैंका लागि अन्त्य भएको दाबीसमेत गरेका छन् ।

होटलका प्रबन्ध निर्देशक मनोज न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको होटलमा सन्ध्याकालिन साँगीतिक कार्यक्रमसमेत भव्य रूपमा सम्पन्न गरिएको थियो । कार्यक्रममा झापा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, प्रहरी प्रशासनका उच्च अधिकारीहरू, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।