न्यायालय र सञ्चारमाध्यमको भूमिका समान: कामु प्रधानन्यायाधीश

काठमाण्डौ, १६ चैत्र । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपक जोशीले न्यायपूर्ण समाज निर्माणमा सञ्चारमाध्यम र न्यायलयको रचनात्मक भूमिका समान भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाण्डौमा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् । त्यस्तै उनले नागरिकको रक्षा, लोकतन्त्रको संस्थागत विकास र मुलुकमा विधिको शासन स्थापित गर्न पत्रकारले खेलेको भूमिकाको प्रशंसा गरे । उनले न्यायालय र सञ्चारमाध्यमको सम्बन्ध एक अर्काप्रति महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा विभिन्न दलका नेताहरूले परिवर्तन र लोकतन्त्रमा सञ्चारकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै अझ जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।