October 20, 2017

बाग्लुङको तमानखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बागलुङ २ जेठ । बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जोगलाल बुढा र उपाध्यक्षमा मनशरी शेरचन विजयी भएका छन् ।

अध्यक्ष निर्वाचित बुढाले २ हजार २ सय १९ मत प्राप्त गरेका छन भने शेरचनले २ हजार १ सय १५ मत प्राप्त गरी विजयी भएकी हुन् ।

त्यसैगरी, गाउँपालिकाको ६ वटा वडामध्ये १ मा माओवादी केन्द्रका थमबहादुर रोका, २ मा माओवादी केन्द्रका मिनबहादुर घर्ती, ३ मा कांग्रेसका गिरबहादुर घर्ती, ४ मा एमालेका उदीमबहादुर छन्त्याल, ५ र ६ मा क्रमश: कांग्रेसका हिराबहादुर विक र कुलबहादुर छन्त्याल विजयी भएका छन ।