Breaking News

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाण्डौ, १६ चैत्र । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको ६७ वर्षको उमेरमा निधन भएको छ ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत रहेका नेता खड्काको आज निधन भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत नेता खड्काको निधन भएको पुष्टि गरेका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए ।

अपोलो अस्पतालमा उपचाररत नेता खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसले चैत १३ गते केन्द्रीय सदस्यद्वय रमेश लेखक र शंकर भण्डारीलाई भारत पठाएको थियो ।

शुक्रबार मात्रै स्वदेश फर्किएका नेता लेखकले आजको केन्द्रीय कार्यसमितिको बैठकमा बिरामी नेता खड्काको स्वास्थ्य अवस्था गम्भीर रहेकोबारे अवगत गराएका थिए ।

shares