Breaking News

प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा

काठमाण्डौ, १६ चैत्र । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी चैत २३ देखि २५ सम्म प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमण गर्ने जनाएको हो ।

२३ चैतदेखि प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने तय भएपनि सरकारले औपचारिक घोषणा गरेको थिएन ।

गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमण तालिकाबारे विस्तृत विवरणका लागि परराष्ट्रको विज्ञप्ति हेर्नुहोस्-

परराष्ट्रको विज्ञप्ति

shares