Breaking News

‘खाद्य संस्थानको संरचनात्मक सुधार गरिनुपर्ने’

काठमाण्डौ, १६ चैत्र । नेपाल खाद्य संस्थानका कर्मचारीहरूले संस्थानको संरचनात्मक सुधारका लागि पहल गरिदिन सरकारसंग आग्रह गरेका छन् ।

शुक्रबार नेपाल खाद्य संस्थान कर्मचारी संघ १० औं केन्द्रिय अधिवेशन उद्घाटनमा उनीहरूले संस्थानको वस्तुगत अवस्थाका विषयमा सरकारले चासो नदेखाउँदा थप समस्यामा परेको भन्दै सुधारका लागि पहल गर्न आग्रह गरेका हुन् ।

संस्थानमा लामो समयदेखि व्यवस्थापक खाली हुँदा पनि चासो नदेखाएको उनीहरूको गु्नासो छ । कार्यक्रममा आपूर्ति मन्त्रालयका सचिव अनिल कुमार ठाकुरले संस्थानहरूको समीक्षा अब मन्त्रालयले गर्ने भन्दै आयको स्रोत खोजिने बताए । उनले अब सबै संस्थानमा मन्त्रालयको चासो रहने र भौतिक तथा संरचनात्मक सुधारका लागि मन्त्रालय अघि बढ्ने धारणा राखे ।

कार्यक्रममा संघले कर्मचारीहरूलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

shares