वर्तमान सरकारले बहुक्षेत्रको विकास चाहन्छ: प्रधानमन्त्री

काठमाण्डौ, १६ चैत्र । प्रधानमन्त्री केपी ओलीले मुलुकको आर्थिक समृद्धिका लागि सबै पक्ष एक हुनुपर्ने बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघले शुक्रबार काठमाण्डौमा आयोजना गरेको फ्यान अवार्डमा बोल्दै उनले सरकारको लक्ष्य देश विकास र आर्थिक समृद्धि भएको भन्दै सबै एक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले नेपाललाई चलचित्र सुटिङको लागि आकर्षक गन्तव्य बनाउने दाबी गर्देै भारतीय चलचित्रकर्मीहरूलाई फिल्म सुटिङका लागि नेपाल आउन आग्रह गर्नेसमेत बताए ।

२३ गते आफू भारत जाने र भारतका कलाकारहरूसँग कुरा गर्ने उनको भनाइ छ । चलचित्रकर्मीलाई प्रधानमन्त्री ओलीले देशले माग जस्तो चलचित्र निर्माण गर्नसमेत आग्रह गरे । अहिलेको सरकार बहुक्षेत्रको विकास चाहने उनको भनाइ छ ।

कार्यक्रममा उनले अवार्ड विजेतालाई सम्मान गरेका थिए ।