Breaking News

अाफ्नै छोराले अामाको घरमा अागजनी

यमन दनुवार/उदयपुर, १६ चैत्र । बिहीबार राती एक व्यक्तिले अाफ्नै आमा बस्दै आएको घरमा आगजनी गरेका छन् ।

उदयपुरगढी गाउँपालिका वडा नं. ६ धप्परमा बस्ने छत्रबहादुर सार्कीले अाफ्नै आमा बस्ने घरमा आगो लगाएका हुन् । आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका एस्पी नवराज भट्टले बताए ।

अागलागीबाट करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगजनीपछि सार्की फरार रहेकोले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

shares