प्रदेश ७ काे विकासका लागि जनप्रतिनिधिहरुले सरकारलाई बुझाए ६ बुदें मागपत्र

काठमाण्डौ १६ चैत्र ।  प्रदेश नम्बर ७ काे विकासका लागि  कैलाली जिल्लाका जनप्रतिनिधिहरुले सरकारलाई ६ बुदें मागपत्र पेश गरेका छन ।

शुक्रबार कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावलकाे नेतृत्वमा रहेकाे जनप्रतिनिधिहरुकाे टोलीले प्रधानमन्त्री केपी शर्मा अाेलीलाई भेटी प्रदेश नम्बर ७ काे पूर्वी क्षेत्रकाे विकासमा सरकारकाे ध्यानाकार्षण गराएकाे हो ।

मागपत्रमा खक्रौला भन्सारकाे स्तरन्नोति, लम्की खक्रौला सडक ६ लेनका रुपमा विकास, कैलालीकाे चिसापानी देखि अछामकाे मंगलसेन जोडने सडककालागि बजेट विनियोजन, १० हजार ८ सय मेघावाटकाे कर्णाली जलविद्युत अायोजनाकाे निर्माण गर्नुपर्ने लगायतका मागहरु उल्लेख छन ।

टोलीमा सांसदहरु कमला वली, रणबहादुर रावल, रतन थापा, नन्दबहादुर साउद, उमादेवी वादी, टीकापुरका मेयर तपेन्द्र रावल, लम्की चुहाका मेयर महादेव बजगाई  र पत्रकार मातृका तिमिल्सेना लगायत थिए ।