June 23, 2017

चीनमा सवारी दुर्घटना हुँदा १० को मृत्यु, ८ गम्भिर घाइते

काठमाण्डौ, १ जेठ । पूर्वी चीनको जियाङ्क्षी प्रान्तमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र अरु ८ जना गम्भिर घाइते भएको चिनीयाँ अधिकारीले बताएका छन् ।

नेसनल हाइवे इङ्तान सिटिमा ट्रक बससँग ठोकिँदा उक्त घटना घटेको सहरको प्रचारको विभागले जानकारी दियो । दुर्घटनाबाट थप ३० जना सामान्य घाइते भएका छन् ।

ट्रक ड्राईभरलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे अनुसन्धान चलिरहेको छ ।