Breaking News

भूकम्पको सम्झनामा चित्रकला

काठमाण्डौ, १६ चैत्र । भूकम्पबाट पुग्न गएको क्षतिको सम्झना गर्दै विद्यालय पढ्ने बालबालिकाले चित्रमा उतारेका छन् ।

चित्रमा भूकम्पका समयमा भएका विविध घटनालाई सम्झना गर्दै बालबालिकाले चित्रमार्फत प्रस्तुत गरेका हुन् । इन्डुरेड इन्टरनेसनल नामक संस्थाको सहयोगमा भूकम्प प्रभावित १२ वटा जिल्लाका बालबालिकालाई चित्रकलामा सहभागी गराइएको थियो ।

बालबालिकालाई भूकम्पसम्बन्धी गतिविधिमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगितामा सहभागी गराइएको इन्टरनेशनलले जनाएको छ । बालबालिकाले बनाएको चित्रकला काठमाडौंमा प्रर्दशनीमा राखिएको छ ।

भूकम्पमा भएका क्षति, विभिन्न दातृृ निकायले गरेको सहयोगको प्रतिविम्ब, भूकम्पपीडितले टहरामा जीवन बिताउँदाको दुःखकष्टलगायत पुनःनिर्माणका गतिविधिलगायत सुन्दर नेपालको परिकल्पना चित्रमार्फत व्यक्त गरिएको छ ।

shares