Breaking News

अस्थायी शिक्षकको परीक्षा स्थगित

भक्तपुर, १६ चैत्र । आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ ।

शिक्षक सेवा अायोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जानकारी गराएको हो । अायोगले अस्थायी शिक्षकको परीक्षाबाट मात्र रिक्त पदहरू पूर्ति हुन नसक्ने भन्दै अान्तरिक र खुल्ला विज्ञापन सँगसँगै गरी शिक्षक पदपूर्तिलार्इ व्यवस्थापन गर्दा उपयुक्त हुने व्यहोरा दर्शाउँदै हाललार्इ परीक्षा स्थगित गरेको छ ।

परीक्षाको नयाँ मिति भने खुलाइएको छैन ।

अाजै स्थायी शिक्षकहरूको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरूले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका थिए ।

shares