August 21, 2017

कालिकाेटबाट माअाेवादीकाे विजयी सुरुवात

काठमाण्डाै १ जेठ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट नेकपा (माओवादी केन्द्र) ले विजयी यात्रा सुरु गरेकाे छ।

गाउँपालिका अध्यक्ष पदमा माओवादी उम्मेदवार डम्बर शाही विजयी भएसँगै माअाेवादीकाे खाता खुलेकाे हाे । शाहीले २११० मत ल्याउँदै जितेका हुन् ।

उपाध्यक्षमा पनि माओवादीकै होइजा बुढा गिरी विजयी भएका छन् । ९ वटा वडा भएकाे कालिकाेटमा माओवादीले ३, कांग्रेसले ३, एमाले २ र राप्रपाले १ स्थानमा विजय प्राप्त गरेका छन् ।