Breaking News

भारी असिना परेपछि जनजीवन प्रभावित, किसानहरू मर्कामा

रौतहट, १६ चैत्र । रौतहटको दुर्गा भगवती गाउँपालिका क्षेत्रमा अविरल बर्षा तथा असिनाको कारण गाउँपालिका क्षेत्रको जनजीवन अस्तब्यस्त भएको छ ।

रौतहटमा आज परेको असिना पानीले कृषकहरूको अन्न बालीमा क्षति पुर्याएको छ । एकाएक मौसम बदली भई ठूलो असिना पानी परेपछि रौतहटको दक्षिणी भेगका बासिन्दा पीडित बनेका छन् । खपटा र टाली र परालको छाना भएका घरका बासिन्दा पीडित बनेका छन् ।

किसानले लगाएको करोडौ बरावरको आँप, लिची, गहुँ, मसुरी, खेसारी, हाइब्रिड मकै, मसुरो लगायत विभिन्न तरकारी बालीलाई आजको असिनापानीले क्षति पुर्याएको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले बताएका छन् ।

यस्तै यस बर्ष आप र लिच्चिको उत्पादनमा वृद्धि हुने भनिएपनि यस्मासमेत असिनाले क्षति पुगेको छ । ईट्टा उद्योगीसमेत मर्कामा परेको ब्यबसायीहरूले बताएका छन् । रौतहटको दक्षिणी भेगमा आज परेको असिनाले पुरै जमिन ढाकेको थियो ।

 

गएको साउन २८ गतेकोे बाढीबाट पीडित बनेका रौतहटका नागरिक आजको असिना पानीबाट समेत पीडित बनेका छन् । असिना पानी परेको क्षेत्रमा मानवीय क्षति नभएपनि केही सर्वसाधारण घाइते भएका छन् ।

shares