Breaking News

चुरोटसँगै जले चौधरी

कञ्चनपुर, १६ चैत्र । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ ।

दमका दीर्घरोगी रहेका चौधरीले खाँदै गरेको चुरोट तन्नामा खस्दा आगो सल्किएको थियो। महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताए ।

चौधरीको मुख र छाती जलेर अवस्था गम्भीर भएपछि अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा राति १२ बजे उनको मृत्यु भएको थियो। प्रहरीका अनुसार छोराबुहारी लामो समयदेखि घरमा नहुँदा चौधरी एक्लै बस्दै आएका थिए । -रासस

shares