Breaking News

भारतीय राजदूत र मुख्यमन्त्री भट्टबीच शिष्टाचार भेट

धनगढी, १६ चैत्र । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिवसिं पुरीले शिष्टाचार भेट गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको जनाइएको छ । प्रदेश ७ लाई भारतसँग जोड्ने यी पुराना नाका भएपनि स्तरोन्नति हुन सकेका छैनन् ।

कृषि क्षेत्रमा अगाडि रहेको भारतको कृषि प्रविधि भित्र्याउन सके प्रदेश ७ को कृषि क्षेत्रमा पनि प्रगति गर्न सकिने विषयमा छलफल भएको मुख्यमन्त्री भट्टले बताए । -रासस

shares