Breaking News

तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप जारी, मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

रुपन्देही, १५ चैत्र । मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवलको मानविज्ञान माविको खेल मैदानमा बिहीबार भएको प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम नेपाल पुलिसलाई २–१ गोल अन्तरमा हरायो । नेपाल पुलिसका तेज तामाङले १४ औं मिनेटमा गरेको गोलले टिमलाई अग्रता दिलाएकाे थियो । पहिलो हाफको नतिजा नेपाल पुलिसले आफ्नो पक्षमा पारेको थियो ।

दोश्रो हाफलाई सदुपयोग गर्दै मनाङ मर्स्याङ्दीले २ गोल गरेको थियो । त्यसको सुरुवात मनाङका लागि अन्जन बिष्टले ६१ औं मिनेटमा गरे । उनले विदेशी खेलाडी भिक्टरको पासलाई सदुपयोग गर्दै आर्कषक गोल गरेका थिए । अन्जन बिष्टले ७५ औं मिनेटमा गरेको दोश्रो गोल नै निर्णायक बन्यो । उनले पूनः भिक्टरले कर्नल साईटबाट दिएको पासलाई गोलमा परिणत गदै टिमलाई २–१ को अग्रता दिलाएका थिए ।

मनाङ मस्याङदीका अञ्जन विष्ट म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । आजको विजेता अब साविक सुनौलो संगमसंग फाइनलका लागि प्रतिश्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइल खेलमा भोलि आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्री स्टार क्वलका बीच प्रतिस्पर्धा हुनेछ ।

shares