Breaking News

दोस्रो राष्ट्रिय अर्गानिक कृषि मेला चैत्र १६ गतेदेखि हुने

ललितपुर, १५ चैत्र । पाँचथरस्थित कञ्चनजंगा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा चैत्र १६ गतेदेखि ललितपुरमा दोस्रो राष्ट्रिय अर्गानिक कृषि मेला हुने भएको छ ।

आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र १६ देखि १९ गतेसम्म ललितपुरको पाटन दरबार स्क्वाएर क्षेत्रमा मेला आयोजना गर्ने जनाएको हो । अर्गानिक कृषि उत्पादनमा जोड दिन आह्वान गर्दै मेला आयोजना गरिएको आयोजक समितिकी संयोजक शान्ता बास्कोटा कोइरालाले जानकारी दिए ।

मेलामा पाँचथर जिल्लामा उत्पादित अर्गानिक कृषि वस्तुहरूको प्रर्दशनी हुने उनले बताए । त्यस्तै उनले अर्गानिक कृषि वस्तुको उत्पादनलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको समेत बताए ।

मेलामा ५० भन्दा बढी स्टल रहने छन् । मेला कृषि प्रर्वद्धन कार्यक्रमको सहकार्यमा हुन लागेको हो ।

shares