प्रदेश नम्बर ७ बाट राप्रपाको चुनावी अभियान सुरु

काठमाण्डौ ३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नम्बर ७ का प्रमुख शहरबाट आफ्नो चुनावी अभियान शुरु गरेको छ ।

अञ्चलस्तरीय निर्वाचन केन्द्रित कार्यक्रम अन्तरगत राप्रपाले आईतवार कैलालीको टिकापुरमा आमसभा सम्पन गरेको छ । पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा संघीय मामिला मन्त्री कमल थापा तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द तथा पूर्व राष्ट्रिय अध्यक्ष पशुपति सम्सेर जवराले चुनावी कार्यक्रमलाई संवोधन गरेका छन् ।

आगामी स्थानीय निर्वाचनलाई केन्द्रीय प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडी बढाउने योजना बनाएको राप्रपाले सोमबार महेन्द्रनगर मंगलवार दाङ्गको तुल्सीपुर, बैशाख ६ गते चितवन,७ गते मकवानपुरको हेटौडा, र ९ गते झापाको दमकमा चुनावी सभा हुने पार्टी प्रवक्ता रोशन कार्कीले जानकारी दिईन् । सबै चुनावी सभालाई पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा संघीय मामिला मन्त्री थापा तथा पूर्व प्रधानमन्त्री चन्द तथा पूर्व राष्ट्रिय अध्यक्ष जवराले संवोधन गर्ने राप्रपाले बताएको छ ।