आफ्नै बुवा र सौतेनी आमाले १६ वर्षीया किशोरीको हत्या

राम कुशवाहा/बीरगंज, १५ चैत्र । बीरगंज महानगरपालिका १५ भिष्वामा आफ्नै बुवा र सौतेनी आमाले एक १६ वर्षीया किशोरीको हत्या गरेका छन् ।

किशोरी अचानक टोलबाट बेपत्ता भएपछि छरछिमेकले सोधखोज गर्दा भारत फुपुको घरमा गएको भनी बताउँदै आएपनि टोलबासीलाई शंका लागि किशोरीको खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए ।

बीरगंज १५ भिष्वा बस्ने ४१ वर्षीय सत्यनारायण वर्णवाल र सौतेनी आमा ३० वर्षीया गीताकुमारी वर्णवालले १६ वर्षीया छोरी नेहा कुमारी वर्णवाललाई कुटपिट गर्दा अचानक मृत्यु भएको र छरछिमेकलाई कुनै जानकारी नदिई लाश ईरिक्सामा राखेर रानीघास्थित श्मसानघाटमा लगी अभियुक्तहरूले जलाएका थिए ।

प्रहरीसँगको बयानमा अभियुक्तहरूले चैत्र १३ गते छोरीको कुटपिटको कारण मृत्यु भएपछि ईरिक्सामा राखेर १४ गते रानीघाटसम्म ल्याइएको र रानीघाटबाट भारतीय एम्बुलेन्स गाडीमा राखेर श्मसानघाटमा लगी स्थानीय एक डोमलाई ६ हजार रूपैयाँ दिई लाश जलाइएको बताएका छन् ।

पक्राउ परेका अभियुक्तहरूलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको रेग्मीले बताए ।