Breaking News

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदलार्इ सम्बोधन

काठमाण्डौ, १५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गरेकी छन् ।

निर्वाचनपछि दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकी हुन् । बैठक सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई प्रदान गरेका थिए ।

संसद् बैठकस्थल बानेश्वरमा बग्गीको कारगेडसहित आएकी राष्ट्रपतिलार्इ प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए ।

त्यस्तै राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाइएको थियो भने बैठक कक्ष र राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख महरा र अध्यक्ष तिमल्सिनाको आशनलाई विशेष आकर्षक बनाएको थियो ।

shares