Breaking News

विस्केट जात्रा तयारीस्वरूप सरसफाइ

भक्तपुर, १५ चैत्र । विस्केट जात्रा नजिकिएसंगै भक्तपुर नगरपालिकाको अगुवाइमा जात्रा स्थल योसींख्यो र चुपिघाटमा सरसफाई गरेको छ ।

चैत २७ गतेबाट सुरु हुने विस्केट जात्रामा मेला लाग्ने भेलुखेलस्थित चुपीङघाटको नदी, तथा जात्रा स्थल सरसफाई गरेको हो ।
विस्केट जात्रा अन्तर्गत यस बर्षको अन्तिम दिन ३० गतेका दिन भक्तपुरको भेलुखेलमा जात्राको लिंगो उभ्याउने प्रचलन छ । त्यसको भोलिपल्ट नयाँ वर्षको सुरुवातसंगै सो क्षेत्रमा स्थानीयहरूको मेला लाग्ने गर्दछ ।

सफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मी गरी चार सयभन्दा बढीको सहभागितामा नदी , त्यस क्षेत्रका मठमन्दिर, पाटीपौवा तथा जात्रास्थल सफाई गरेको हो ।

shares