Breaking News

द्वन्द्वकालीन उजुरीको अनुसन्धान हुँदै

काठमाण्डौ, १५ चैत्र । सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्य किरण गुरुङले संक्रमणकालीन न्यायको समयमा दर्ता भएका उजुरीको अनुसन्धान गर्न समय लाग्ने बताएका छन् ।

कानूनी सहयोग तथा परामर्श केन्द्रले बिहीबार काठमाडौंमा आयोजनना गरेको द्वन्द्वपीडित महिलाहरूको सम्पतिमा पहुँच र दिगो जीविकोपार्जन विषयक अन्तर्क्रिया उनले यस्तो बताएका हुन् ।

अध्यक्ष गुरुङले ६३ हजार पिडितको घर–घर पुगेर अनुसन्धान र छलफल गर्न असम्भव भएको भन्दै उजुरीका मूलभूत विषयमा आन्तरिक अनुसन्धान भइरहेको दाबी गरे ।

तीन वर्षको समयावधिमा आयोगले प्रभावकारी रूपमा कुनै काम गर्न नसकेको गुनासो आइरहेका बेला उनले विविध कारणले गर्दा पीडितहरूलाई समयमै न्याय दिन सक्ने अवस्था नरहेको धारणा राखे । अध्यक्ष गुरुङले ढिला भएपनि पीडितलार्इ न्याय दिलाएरै छाड्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा अधिवक्ता मीरा ढुङ्गानाले द्वन्द्वपीडित महिलाहरूको सम्पतिमा पहुँच सम्बन्धमा सर्वोच्च अदालतको फैसला विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

shares