दोलखाको जिरी नगरपालिका २ मा माओवादी प्यानल नै विजयी

काठमाण्डौ, १ जेठ । दोलखा जिल्लाको जिरी नगरपालिकाको वडा नं २ मा माओवादी केन्द्रका ङिम पल्दु शेर्पा वडाध्यक्षमा विजयी भएका छन् ।

उनी सँगै पूरै वडामा नै माओवादीले विजय हासिल गरेको छ । त्यस्तै गरी जिरी नगरपालिकामा पनि माओवादीले अग्रता लिएको निर्वाचन अधिकृतले जानकारी दिए ।