Breaking News

शान्ति सुव्यवस्था र सुशासनका लागि सरकार गम्भीर छ: प्रधानमन्त्री

काठमाण्डौ, १५ चैत्र । प्रधानमन्त्री केपी ओलीले शान्ति सुव्यवस्था र सुशासनका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

भगवान श्री महावीरको २६१७ औं जन्मजयन्तीको अवसरमा जैन निकेतनले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमका उनले समाजमा शान्ति सुव्यवस्था र सुशासन जरुरी पर्ने भएकाले सरकार त्यसैतर्फ केन्द्रित रहको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताको इच्छा र चाहना अनुसार संविधान र सरकार बनेको भन्दै अब वादविवादमा मात्रै समय खेर नफाली दिगो शान्ति, समृद्धि र विकासको लक्ष्य पूरा गर्न सरकार लाग्ने उल्लेख गरे । उनले वर्तमान सरकारले कुरा मात्र नभएर कामै गरेर देखाउने भन्दै समाजलाई भड्काएर कुबाटोमा लगाउने कसैलाई पनि छुट नदिइने प्रष्ट पारे ।

त्यस्तै कांग्रसका नेता गगन थापाले यतिबेला धर्म र जातको विषय उचालेर उत्तेजित बनाउने तत्व सक्रिय भएकाले सचेत रहन सबैमा अपील गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले जैन निकेतनका विभिन्न व्यक्तिहरूलाई सम्मान गरे ।

shares