फर्पिङमा बस दुर्घटना: २ को मृत्यु, २२ घाइते

काठमाण्डौ, १५ चैत्र । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएकाे हाे । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गरेपनि मृतकको सनाखत हुन भने नसकेको जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको छ ।

दुर्घटनाको कारण खुलिनसकेको भएपनि टायर पड्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।