महिलालार्इ यौनधन्दामा लगाउने २ जना होटेल संचालक पक्राउ

काठमाण्डौ, १४ चैत्र । काम गर्ने होटलमा राखेका महिलालाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्दै प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट २ जना होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

होटलमा काम गर्न राखेका महिलालाई जबर्जस्ती यौन धन्दामा लगाएको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दायर गरेको समेत उनले जानकारी दिए ।

त्यस्तै भक्तपुरमा बिकल शाही भन्ने व्यक्तिकोे कोठामा खोजतलासी गर्दा ठूलो मात्रामा अवैद्य लागू औषध फेलापरेको र शाहीसहित तीन जनालाई पक्राउ गरी प्रहरी वृत कालिमाटीबाट अनुसन्धान भइरहेको पोखरेलले बताए ।

त्यस्तै प्रहरीले अवैद्य रूपमा बेचबिखन भइरहेको अवस्थामा ५०० ग्राम यार्चागुम्वासहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।