October 24, 2017

भक्तपुर नगरपालिकामा बिजुक्क्षे नेतृत्व नेमकिपाको अग्रता

काठमाण्डौ, १ जेठ । भक्तपुर नगरपालिकामा मतगणना जारी रहँदा नारायणमान बिजुक्क्षे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको अग्रता देखिएको छ ।

अहिलेसम्म गरिएको मतगणनाका आधारमा नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ७१ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३१ मत पाएका छन् । नेकपा एमालेले मेयरमा ३४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, सूर्यविनायक नगरपालिकामा एमाले र मध्यपुर थिमीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । एमालेले २१९ र कांग्रेसले १८३ मत पाएको छ । त्यस्तै राप्रपाले भने ९१ मत प्राप्त गरेको छ ।

यद्दपि चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना सुरु हुन सकेको छैन । सहमतिको प्रयास भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।