नारा र अभियान मात्र हाेइन, सरकारले अाक्रमण गर्छ: प्रधानमन्त्री

काठमाण्डौ, १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध र विश्वकै एक नं. पर्यटकीय गन्तव्य बनाउनेसमेत उद्घोष गरेका छन् । ट्रेड युनियन महासंघ जिफन्टको सातौं महाधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले समृद्धिको दिशामा अगाडि बढ्न लागेको भन्दै सम्वृद्धिका लागि नेपाली जनताले अहिलेको सरकारप्रति अपेक्षा राखेकोसमेत बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सुरु भएको भन्दै यो अभियान आक्रामक रूपमा अगाडि बढाइने धारणा पनि राखे ।

सरकारले जेठमा नीति तथा कार्यक्रम ल्याउने भएपनि वैशाखमै निरक्षरतामाथि आक्रमण गर्ने प्रधानमन्त्री ओलीले बताए । उनले विगतको कमजोरीलाई खोतलेर अहिलेको यात्रा रोख्न खोज्नेहरू रहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले देशमा हिंसा गर्न खोज्नेहरूलाई सरकारले नियन्त्रण गर्न खोज्ने भन्दै नेपालको संविधान सर्व स्वीकार्य भएको दाबी गरे । कम्यूनिष्टहरूले समृद्धि ल्याउन नसक्ने भ्रम रहेको भन्दै उनले वर्तमान कम्युनिष्ट सरकारले नारा र अभियान मात्र नल्यार्इ अाक्रामक शैलीमा काम गरेर समृद्ध नेपाल बनाउने दाबी गरे ।