Breaking News

काठमाडौंमा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाण्डौ, १४ चैत्र । काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै काठमाडौं उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाडौंको माइतीघरबाट सुरु गरेको विरोध र्याली बानेश्वर पुगेपछि झडप भएको हो ।

प्रदर्शनकारी उग्र बन्दै बानेश्वरको एभरेष्ट होटलबाट अघि बढेपछि प्रहरीले आधा दर्जन अश्रुग्याँस प्रहार गरेको जनाएको छ । झडपमा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

shares