Breaking News

रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु

ललितपुर, १४ चैत्र । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु गरिएको छ ।

परम्पराअनुसार यसलाई १५ दिनभित्र पूरा गर्नुपर्छ । रथ निर्माणमा यावाल गुठी र बाराही गुठीका व्यक्ति सहभागी छन् । रथ बनाउन १५ सय फिट महाबेत, १ सय ५० चिरुवाको बोट, दुई–दुई हजार मिटर मोटो र मसिनो डोरी तथा काठका लागि १० लाख भन्दा बढी रकम आवश्यक भएको गुठी संस्थानले जनाएको छ ।

संस्थानका अनुसार रथमा निर्माणमा सौर जातको काठ नुवाकोटबाट, पाङग्रामा लगाउने सान्नान जातको काठ मकवानपुरको मनहरीबाट ल्याइन्छ । फलाट जातको काठ र देवता राख्ने चारकुनामा लाकुरी जातको काठ र खटमा फलाटको काठ गोदावरीबाट र ब्रेकमा मयल जातको काठ आवश्यक पर्छ । रथ निर्माणको अन्त्यमा धूपीले सजाई तान्ने गरिन्छ । रथ निर्माणअघि काठ तयार गर्दा प्रतिदिनको हिसावले पारिश्रमिक पनि दिइने गरिन्छ ।

रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात रहेको छ । लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।

shares