फ्रान्सले विद्यालय भर्ना उमेर ३ वर्षलार्इ तोक्ने

काठमाण्डौ, १४ चैत्र । फ्रान्सले बालबालिकाहरूको विद्यालयमा गर्इ अौपचारिक पढाइ सुरु गर्ने उमेर तीन वर्षलार्इ तोेक्ने भएको छ ।

फ्रान्समा राष्ट्रपति एमानुएल माक्रोंले चालेका सुधारका नयाँ कदमहरू अन्तर्गत यसअघिको अनिवार्य विद्यालय भर्ना उमेर ६ वर्षबाट घटार्इ अब तीन वर्षको उमेरलार्इ कायम गर्ने नियम ल्याउन लागेको हो । राष्ट्रपति माक्रोंले शिक्षामा रहेका विभेद अन्त्य गर्ने उद्देश्यले उक्त परिवर्तनहरू प्रस्ताव गरिएको बताएका छन् ।

माक्रोंले २०१९ देखि कार्यान्वयनमा आउने उक्त बाध्यकारी व्यवस्थाले गल्ती सच्याउने विश्वास व्यक्त गरेका छन् । यो परिवर्तनले फ्रान्स युरोपकै एउटा सबैभन्दा कम उमेरमा बालबालिकालाई विद्यालयमा भर्ना गराउने देश बन्ने भएको छ ।

बहुसंख्यक अभिभावकहरूले पहिल्यैदेखि नै तीन वर्षको उमेरमा आफ्ना सन्तानहरूलाई विद्यालयमा भर्ना गरिसक्ने परिपाटीका कारण यो प्रावधानले एकदमै थौरै बालबालिकालाई मात्रै प्रभावित गर्ने जनाइएको छ । सरकारी आँकडाले २.४ प्रतिशत केटाकेटीहरू मात्र उक्त उमेरसम्म विद्यालयमा भर्ना नभएको देखाउँछ ।