काठमाण्डौ महानगरपालिकाको मतगणना सुरु, एमाले अगाडि

काठमाण्डौ, १ जेठ । काठमाण्डौ महानगरपालिकाको मतगणना सुरु भएसँगै नेकपा एमालेले अग्रता कायम गरेको छ ।

मतगणना अनुसार १३ मत ल्याउँदै एमालेले अग्रता कायम गरेको छ भने १० मत ल्याएको नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै यसै वर्षबाट पहिलो पटक उठेका दल साझा पार्टी र विवेकशील दलले पनि समान ५–५ मत ल्याएर कडा टक्कर दिइरहेका छन् ।