Breaking News

सवारी दुर्घटनामा एकको मृत्यु

झापा, १३ चैत्र । झापामा आज सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भारत पश्चिम बंगाल घर भई हाल भद्रपुर नगरपालिका ८ बस्ने २१ वर्षीय सुनिल शाह रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भद्रपुर ८ क्याम्पस मोडमा शाहले चलाएको मे२प ८२७७ नम्बरको स्कुटी र मे१च २१७७ नम्बरको पिकअप गाडी उत्तरबाट दक्षिण एउटै दिशामा जाने क्रममा अनियन्त्रित भर्इ गाडीले किचेको थियो ।

सुनिलको बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र गाडी चालक कचनकबल गाउँपालिका पथरिया ४ का ढोकल बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

shares